काठमाडौं– अमेरिकाले बालबालिकालाई लगाइने कोरोनाविरुद्धको थप १० लाख ८ हजार डोज फाइजर भ्याक्सिन नेपाललाई उपलब्ध गराएको छ।
५ देखि १२ वर्षसम्मका बालबालिकाका लागि लगाउन मिल्ने १० लाख ८ हजार डोज भ्याक्सिन नेपाल आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
पछिल्लो सहयोगसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँगको सहकार्यमा अमेरिकाले फाइजर–बायोटेक कोभिड भ्याक्सिनको ४० लाख बढी डोज नेपाललाई निःशुल्क उपलब्ध गराइसकेको छ।