काठमाडौं– सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको लम्कीमा रहेको २०७ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले एक कार्यक्रमका बिच लम्की चुहा नगरपालिका ५ चौरीमा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्यनरत विपन्न, गरीब तथा जेहेन्दार २ सय ७ विद्यार्थी बालबालिकालाई उनीहरुको पठनपाठनमा सहयोग पुगोस् भनेर शैक्षिक झोला सहयोग गरेको बैंकको लम्की शाखाका प्रमुख मातृका खड्काले जानकारी दिएका हुन्।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश बडुवालको अध्यक्षता तथा लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाहीको उपस्थितीमा सहयोग सामग्री वितरण गरेको थियो। उक्त कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष माया विष्टको समेत सहभागिता थियो।
लम्कीमा बैंकको शाखा स्थापना भए सँगै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा विभिन्न कार्यक्रम गर्दै आएको छ। पछिल्लो समय संस्थागत सामाजिक उत्तरदायित्वलाई निकै प्राथमिकता दिँदै सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। शिक्षा, स्वास्थ्य, बैंकिङ साक्षरता, वातावरण संरक्षण लगायतका विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रमहरु भइरहेको बैंकले जनाएको छ।