मंगलबार, असार २४, २०८२

२६० जना कोभिड संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २६० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परीक्षण गरिएको थियो। यससँगै कुल सक्रिय संक्रमितको संख्या ११ सय ७१ पुगेको छ।

बिहीबार काठमाडौं उपत्यकामा १६४ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १३७, भक्तपुरमा चार र  ललितपुरमा २३ जना संक्रमित थपिएका हुन्। योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ८३१ पुगेको छ।

देशभरका ११ सय १७१ सक्रिय संक्रमितमध्ये १ हजार १४८ जना होम आइसोलेसनमा र २३ जना संस्थागत आइसोलेसनमा छन्। अस्पतालमा रहेकामध्ये १४ जना आईसीयूमा र एकजना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 14, 2022| 16:06 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्