मंगलबार, असार २४, २०८२

इस्लिङ्टनका विद्यार्थी दीक्षित

कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीका लागि दिक्षान्त समारोह आयोजना गरेको छ।
 |  बिहीबार, असार ३०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३०, २०७९

काठमाडौं– कमलपोखरीस्थित इस्लिङ्टन कलेजले सन् २०२० र २०२१ मा पास भएका विद्यार्थीका लागि दिक्षान्त समारोह आयोजना गरेको छ। समारोहमा सन् २०२० मा स्नातक तह अन्तर्गत ५ सय २ जना  र  स्नातकोत्तर तह अन्तर्गत १९ जना विद्यार्थी दीक्षित भएका छन्  ।

त्यसैगरी सन् २०२१ मा स्नातक तह अन्तर्गत ७ सय ३२ जना र 

स्नातकोत्तर तह अन्तर्गत ४६ जना विद्यार्थी दीक्षित भएका छन्। कोभिड संक्रमणका कारण विगत दुई वर्ष दिक्षान्त समारोह हुन सकेको थिएन । यो वर्षमा सन् २०२० र २०२१ को दिक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो।  

कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दिक्षान्त समारोह आयोजना गरेको थियो। बेलायतको लन्डन मेट्रोपोलिटिन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आइएनजी ग्रुपद्धारा सञ्चालित छ। यस कलेजले बिआइटी, बिबिए, कार्यक्रम अन्तर्गत आइटी कम्प्युटिङ,नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउदै आएको छ। त्यस्तै  बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गरिरहेको छ।  




प्रकाशित: Jul 14, 2022| 12:12 बिहीबार, असार ३०, २०७९
प्रतिक्रिया दिनुहोस्