काठमाडौं– सनराइज बैंकले दुई ठाउँमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। बैंकले कैलाली जिल्लाको चुरे गाउँपालिकामा र बिर्तामोडको अर्जुनधारा नगरपालिकामा आँखा शिविर सम्पन्न गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर संचालन गरेको जनाएको छ ।
बैंकले अत्तरीया तथा चुरे शाखाको र नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलालीको सहकार्यमा चुरे गाउँपालिकामा रहेको सहजपुर स्वास्थ्यचौकीमा निःशुल्क आँखा चेकजाँच शिविर संचालन गरेको हो ।
उक्त आँखा चेकजाँच शिविरमा ४०० भन्दा बढीले आँखा चेकजाँच गराएको र उनीहरुलाई औषधी तथा निःशुल्क चस्मा समेत वितरण गरिएको बैंकले जनाएको छ। शिविरमा मोतिबिन्दु देखिएका ३० जनालाई निःशुल्क शल्यक्रिया समेत गरिदिने बैंकले जानकारी दिएको छ ।
यस्तै बैंकले बिर्तामोडमा दृष्टि आँखा अस्पतालको सहकार्यमा निःशुल्क आँखा तथा कान परिक्षण शिविर सम्पन्न गरेको हो । सो शिविरमा २८० जनाको निःशुल्क आँखा तथा कान परिक्षण गर्नुका साथै चश्मा र औषधी निस्शुल्क प्रदान गरिएको बैंकले जनाएको छ ।