मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • शिक्षा/स्वास्थ्य
  • प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पताल पुगेका राज्यमन्त्रीको निर्देशन- बिरामीलाई दु:ख दिने काम नगर्नुस्

प्रत्यारोपण केन्द्र र क्यान्सर अस्पताल पुगेका राज्यमन्त्रीको निर्देशन- बिरामीलाई दु:ख दिने काम नगर्नुस्

प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै पालो कुर्ने समयावधि घटाउनुपर्न बताएका थिए।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्। मंगलबार अनुगमनपछि राज्यमन्त्री केसीले बिरामीमैत्री सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्। 

प्रत्यारोपण केन्द्रको अनुगमन गर्दै मन्त्री केसीले डायलायसिस गर्न र मिर्गौला प्रत्यारोपणमा पालो कुर्नुपर्ने अवस्था रहेको भन्दै पालो कुर्ने समयावधि घटाउनुपर्न बताएका थिए। ‘अहिलेपनि सजिलैसँग केन्द्रबाट डायलायसिस नभएको सुनिन्छ। निकै पालो कुर्नुपर्ने अवस्था छ। यो अवस्थाको अन्त्य गर्नुपर्छ,' उनले थपे, 'मैले मेरो तर्फबाट पहल गर्छु, बिरामीलाई दुःख हुने गरी काम नगर्नुहोस्।’ 

अस्पतालमा शय्या नपाएर बिरामी मर्कामा पर्ने गरेको उनको भनाइ थियो। यस्तो समस्या समाधानका लागि आफूले सहजीकरण गर्नेसमेत उनको भनाइ छ। 

मंगलबारै भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गर्दै सीमित स्रोत साधनका बाबजुत रातदिन खटेर सेवा प्रवाह गरेको भन्दै अस्पताललाई धन्यवाद दिएका थिए। उनले भने, ‘बाहिर चिकित्सकबाट वा अस्पतालबाट लापरबाही भएको सुन्छौं। खट्ने मान्छे बिहानैदेखि बेलुकीसम्म खट्नुहुन्छ। कुनै चाँहि नखट्ने आउँछ। त्यसलाई सुधार गरेर जानुपर्छ। कम्तीमा यस अस्पतालमा ५ सय शय्या आवश्यक देख्छु। त्यति भयो भने १५/२० वर्ष हाम्रो क्षमता पुग्छ भन्ने लाग्छ।’ अस्पतालको स्तरवृद्धि गर्न आफूले पहल गर्ने बताए। अस्पतालमा भवनको समस्या देखिएको भन्दै सरकारको तर्फबाट भूमिका खेल्ने बताए। 

कर्मचारीहरुले लामो समयदेखि करारमा काम गर्न बाध्य भएको भन्दै अस्पतालको गठन आदेश परिमार्जन गर्न स्वास्थ्य राज्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए। केसीले लामो समयदेखि क्यान्सर अस्पतालमा करारको रुपमा काम गर्ने बाध्यताको हल गर्न पहल थाल्ने प्रतिबद्धता जनाए।

प्रकाशित: Jul 12, 2022| 20:33 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्