मंगलबार, असार २४, २०८२

मंगलबार थपिए १७७ कोरोना संक्रमित

३ हजार १२६ जनाको कोरोना परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, असार २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार २८, २०७९

काठमाडौं–पछिल्लो २४ घन्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३ हजार १२६ जनाको कोरोना परीक्षणमा १७७ जनामा संक्रमण पुष्टि भएको हो।

१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

मंगलबार थपिएकासहित कोरोनाका सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ । पछिल्लो २४ घन्टामा ४१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको  छ।

प्रकाशित: Jul 12, 2022| 15:27 मंगलबार, असार २८, २०७९
प्रतिक्रिया दिनुहोस्