म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ। भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा लिन समस्या भएपछि दिच्याम र दुखुवासीका लागि मालिका गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको हो।
मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बिहीबार एकै दिन सञ्चालन भएका दुईटै एकाइमा स्वास्थ्य सहायक र कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी दिए।
खोपसम्बन्धी सेवा पनि एकाइबाटै उपलब्ध हुनेछ। दिच्याममा १३७ र दुखुमा १०२ परिवारको बसोबास छ। गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन्। सामुदायिक भवनको कोठामा एकाइ सञ्चालन गरिएको छ।