आइतबार, जेठ ५, २०८२

बूढीगंगा नगरपालिकामा ६६.८३ प्रतिशत मत खस्यो

बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो पटक भएको निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीका अनुसार सबै मतदान केन्द्रमा तोकिएको समयमा मतदान सम्पन्न भएको छ।
 |  बिहीबार, असार २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार २३, २०७९

धनगढी- बाजुराको बुढीगंगा नगरपालिकामा दोस्रो पटक भएको निर्वाचनमा ६६.८३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीका अनुसार सबै मतदान केन्द्रमा तोकिएको समयमा मतदान सम्पन्न भएको छ। 

बुढिगंगामा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेकोमा नौ हजार एक सय २८ मत खसेको निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताए। उनका अनुसार १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको थियो। 

बुढीगंगा नगरपालिकाको वडा नम्बर ९ को त्रिशक्ति मावि मतदानस्थलमा झडप भएपछि केही समय मतदान रोकिएको थियो। फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि प्रहरीले भिडलाई साम्य पार्न हवाई फायर गरेको थियो।

हरेक मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानका गरेर एक सय बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। नगरप्रमुखमा नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार रहेका छन्।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा एमाले र कांग्रेस कार्यकर्ताहरूले बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो। यो नेकपा एमालेका नेता कर्णबहादुर थापाको मतदान केन्द्र हो।


प्रकाशित: Jul 07, 2022| 18:54 बिहीबार, असार २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।