बुधबार, असार २५, २०८२

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ, २४ घण्टामा ११३ संक्रमित थपिए

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन्।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं- कोरोना भाइरस संक्रमणको ग्राफ दैनिक उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा ११३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मंगलबार मात्रै ९० जनामा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीताकौशल मिश्राले बुधबार नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा  संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन्।

विगत २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुने संख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ। यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसीयू)मा उपचार भइरहेको छ।

प्रकाशित: Jul 06, 2022| 21:40 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्