बुधबार, असार २५, २०८२

हेटौंडा र भक्तपुरमा पनि देखियो हैजा, २१ पुगे संक्रमित

दुवाकोटका संक्रमितको टेकु र हेटौंडाका संक्रमितको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।
 |  बुधबार, असार २२, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २२, २०७९

काठमाडौं– भक्तपुरको चाँगुनारायण नगरपालिका–४ दुवाकोट र हेटौंडा उपमहानगरमा पनि हैजाका संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हैजा संक्रमित दुई जनाको अस्पतालमा उपचार भइरहेको छ।

‘दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ। हालसम्म २१ जना हैजाका संक्रमित पुष्टि भइसकेका छ,’ महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, कोटेश्वर, कंलकी (खसीबजार), सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहराटार), बल्खु, थानकोट, नैकाप, कीर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन्।

काठमाडौं उपत्यकाका धारा एवं इनारको पानी, ट्यांकरबाट वितरण गरिने पानी र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ। इकोलाई मानिसको दिसामा हुने जीवाणु हो।

प्रकाशित: Jul 06, 2022| 15:23 बुधबार, असार २२, २०७९
प्रतिक्रिया दिनुहोस्