काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ। मन्त्रालयका अनुसार कोरोना संक्रमित हुनेको संख्या पछिल्लो समय बढ्दै गएको छ।
१ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ र १ हजार १६८ एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो।