बुधबार, असार २५, २०८२

ट्रमा सेन्टरमा अब २४सै घन्टा विशेषज्ञसहितको सेवा

ट्रमा सेन्टरमा १०० बढी विशेषज्ञ चिकित्सक भएकाले अस्पतालकै आन्तरिक जनशक्तिबाट नागरिकलाई २४घन्टे विशेषज्ञसहितको सेवा दिइने भएको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरले अबदेखि २४सै घन्टा विशेषज्ञसहितको सेवा उपलब्ध हुने गराउने भएको छ। आगामी आर्थिक वर्षदेखि सेन्टरमा २४सै घन्टा विशेषज्ञसहितको सेवा उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले बताए।

ट्रमा सेन्टरमा १०० बढी विशेषज्ञ चिकित्सक भएकाले अस्पतालकै आन्तरिक जनशक्तिबाट नागरिकलाई यस्तो सेवा दिइने उनले जनाए। त्यसका लागि सबै चिकित्सकलाई पालैपालो ड्युटी मिलाइनेछ।

अस्पतालले सोमबार पत्रकार सम्मेलन गर्दै सेन्टरले ओरल म्याक्सिलो फेसियल सर्जन सेवा सुरु गरेको जनाएको छ। दाँतको माथिल्लो र तल्लो भागको शल्यक्रिया गरी उपचार गर्न यो सेवा सुरु गरिएको सेन्टरका पूर्वमेसू प्रमोद जोशीले बताए। अस्पतालमा विशेषज्ञ दन्त चिकित्सक टोलीले सेवा दिनेछ। यस्तै सेन्टरले ‘वन स्टेप क्राइसिस म्यानेजमेन्ट’ सेवा पनि सुरु गरेको बताएको छ।

बिरामीको उपचारदेखि पुनःस्थापनासम्मका लागि सेन्टरले उक्त सेवा सुरु गरेको हो। सेन्टरमा २०० शय्या, ११ सघन उपचार कक्ष (आईसीयू), ३२ आकस्मिक शय्या रहेका छन्।

प्रकाशित: Jul 04, 2022| 16:38 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्