बुधबार, असार २५, २०८२

बढे कोरोना संक्रमित, सबैभन्दा बढी काठमाडौंमा

कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ। मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन्।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं- कोरोना भाइरस संक्रमण दैनिक बढिरहेको छ। मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण आज ६२ जनामा पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीताता कौशल मिश्राले एक हजार ६२० जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको जानकारी दिइन्।

उनले काठमाडौँ ३९ र ललितपुरमा छ जनामा सङ्क्रमण देखिएको बताइन्। उनका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २६१ जना रहेका छन्। विगत २४ घण्टामा १९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४४५ पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

बुधबार एक लाख ८४ हजार ५४५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। मन्त्रालयले यही असार ९ देखि १५ गतेसम्म पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइरहेको छ। अहिलेसम्म होम आइसोलेसनमा २५६, संस्थागत आइसोलेसनमा पाँच जना र एक जनाको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ। 

प्रकाशित: Jun 29, 2022| 21:40 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्