बुधबार, असार २५, २०८२

कोभिडका ६२ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२० जनाको परीक्षण  गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन्।

१ हजार ८ पीसीआर परीक्षणमा ५१ जना र ६१२ जनाको एन्टिजेन परीक्षणमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६१ पुगेको छ। पछिल्लो २४ घण्टामा १९ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Jun 29, 2022| 16:48 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्