सोमबार, जेठ ६, २०८२

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ।
 |  बुधबार, असार १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार १५, २०७९

जाजरकोट- जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ। प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ।

उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए। त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोवाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ। पानी परीक्षणको काम व्यवस्थित अत्याधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए। 

दुई करोड रुपैयाँमा काम सुरु गरिएको छ। १० जिल्लामा किट बक्स सहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उद्देश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताए। अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयवासीले बोलाउने वित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उनले बताए। 

१० जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो सम्प्रेषण गर्नका लागि एन वास एप्लिकेशन प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ। कर्णाली पानीको लागि राम्रो क्षेत्र मानिए पनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाई समस्य परिरहेको भन्दै सो समस्य समाधान गर्न पहल गरिएको छ। 

बर्षेनी भारी मात्रामा खानेपानीका योजनाहरू निर्माण हुने तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा समस्य भोगिरहेको तथ्य हाम्रो सामु रहेको भन्दै मन्त्री सिंहले आयोजना निर्माणका साथै पानीको शुद्धीकरणलाई समेत महत्वपूर्ण पाटोको रुपमा लिएको बताए।​

वर्षायाममा फोहोर पानीका कारण धेरैलाई झाडापखाला तथा पानीजन्य रोग लाग्ने भएकाले सबैलाई समेत रहेर पानी शुद्धीकरण गरेर मात्र पिउन आग्रह मन्त्रालयले गरेको छ।    -रासस


प्रकाशित: Jun 29, 2022| 12:49 बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।