बुधबार, असार २५, २०८२

त्रिविमा ४४ अधिकृत माग, लिखित पास शून्य

यस्तै शाखा अधिकृत पदका लागि ४० जना माग गरिएको थियो। यसमा ५ सय ४२ जना लिखित परीक्षामा सहभागी भएका थिए। तर यसमा पनि कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको सेवा आयोगले जानकारी दिएको छ।
 |  मंगलबार, असार १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असार १४, २०७९

काठमाडौं- त्रिभूवन विश्वविद्यालयमा ४४ जना अधिकृत माग हुँदा कसैले पनि लिखित परीक्षा उत्तीर्ण नगरेको सेवा आयोगको कार्यालयले जानकारी दिएको छ। मंगलबार सार्वजनिक विभिन्न पदको नतिजा अन्तर्गत उपप्रशासक र शाखा अधिकृतको नतिजामा लिखित परीक्षाका कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको उल्लेख गरिएको छ। 

उपप्रशासक पदका लागि ४ जना माग गरिएको थियो। यसमा १२ जना लिखित परीक्षामा सहभागी भएका थिए। तर कुनै पनि उम्मेदवार उत्तीर्ण  हुन सकेनन्। 

यस्तै शाखा अधिकृत पदका लागि ४० जना माग गरिएको थियो। यसमा ५ सय ४२ जना लिखित परीक्षामा सहभागी भएका थिए। तर यसमा पनि कुनै पनि उम्मेदवार उत्तीर्ण नभएको सेवा आयोगले जानकारी दिएको छ। 


प्रकाशित: Jun 28, 2022| 22:53 मंगलबार, असार १४, २०७९
प्रतिक्रिया दिनुहोस्