बुधबार, असार २५, २०८२

सोमबार थपिए ४१ कोरोना संक्रमित

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जना निको भएका छन्। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २०२ जना होम आइसोलेसन, ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।

प्रकाशित: Jun 27, 2022| 16:41 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्