बुधबार, असार २५, २०८२

सफलता हासिल गर्न विद्यार्थीका महत्वपूर्ण दक्षताको पहिचान गर्नुपर्छ : डा. साहनी

भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा‍. सञ्जीव पी साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन्।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौ‌– भारतका प्रसिद्ध व्यवहार वैज्ञानिक प्रोफेसर अफ एमिनेन्स डा‍. सञ्जीव पी साहनीले विद्यार्थीहरू माझ व्यवहारजन्य दक्षता र कार्यसम्पादन अभिवृद्धि गरेर उनीहरूको सम्भावित क्षमतालाई अधिकतम बनाउने कुरामा जोड दिएका छन्। आइतबार काठमाडौं स्थित होटल मेरियटमा आयोजित एक प्रेस सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

कम्पिटेन्सी म्यापिङ प्रविधि मार्फत विद्यार्थीहरूबिच विभिन्न सामाजिक, भावनात्मक र संज्ञानात्मक क्षमताहरू अभिवृद्धि गर्ने बारे डा. साहनीले विस्तृतमा बताएका थिए। त्यस्तै विद्याार्थीहरुको शैक्षिक प्रदर्शन, भावनात्मक सन्तुष्टि र करियर सफलतालाई कसरी उनीहरूको व्यवहार सम्बन्धी स्टिमुलाइले प्रभाव पार्दछ भनेर पनि उनले व्याख्या गरेका थिए । 

‘विद्यार्थीहरूको सापेक्षिक सबल पक्ष र कमजोरीहरू बुझ्नु र तिनकै आधारमा उनीहरुले विकास गर्नुपर्ने मुख्य दक्षताहरू पहिचान गर्नु अत्यन्त आवश्यक हुन्छ। यो सबै विद्याार्थीहरुको टिमवर्क, नेतृत्व क्षमता र निर्णय लिने क्षमता जस्ता क्षेत्रहरूमा उनीहरुको कौशलता पहिचान गर्ने र तिनकै आधारमा सुधारात्मक संयन्त्र निर्माण गर्ने कुरासँग सम्बन्धित छ,’ डा. साहनीले भने। 

पछिल्ला वर्षहरूमा डा. साहनी जस्ता अन्वेषक र व्यवहार वैज्ञानिकहरूले विद्यार्थीहरूको कार्यसम्पादन मापनका लागि एक मुख्य तत्वको रूपमा दक्षताहरू पहिचान गर्नुपर्ने कुरामा विशेष ध्यान केन्द्रित गरेका छन् । उनले विद्यार्थीको शैक्षिक तथा सामाजिक कार्यसम्पादनमा सुधार गर्न श्रव्य दृश्य इन्फोटेनमेन्ट, सबलिमिनल ट्रेनिङ, ध्यान, स्पिड रिडिङ र मेमोरी गेमजस्ता उपायहरू प्रयोग गर्नुपर्नेमा जोड दिए ।

साहनीले ५० भन्दा बढी देशका २ लाखभन्दा बढी विद्यार्थी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, उच्च सरकारी अधिकारी, उद्योग व्यवसायीलाई योग्यता नक्सा, व्यावसायिक सञ्चार, निर्णय लिने  क्षामाता,  तनाव व्यवस्थापन, कार्यसम्पादन अभिवृद्धि, भावनात्मक बुद्धिमत्ता र शिक्षण अभ्यासहरू सम्बन्धी तालिम दिएका छन्। उनले अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा ४० भन्दा बढी अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेका छन्  भने १९ पुस्तक पनि लेखेका छन् ।

प्रकाशित: Jun 27, 2022| 12:34 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्