बुधबार, असार २५, २०८२

उपत्यकामा फैलिँदै हैजा, सात स्थानका १२ जनामा संक्रमण पुष्टि

दिन प्रतिदिन काठमाडौंमा हैजा संक्रमण फैलिँदै गइरहेको पाइएको छ। पहिलो पटक बागबजारमा देखिएको हैजाको संक्रमण चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, बल्खुमा पनि देखिएको छ।
 |  सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९

काठमाडौं- दिन प्रतिदिन काठमाडौंमा हैजा संक्रमण फैलिँदै गइरहेको पाइएको छ। पहिलो पटक बागबजारमा देखिएको हैजाको संक्रमण चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, बल्खुमा पनि देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, राजधानी उपत्यकामा अहिलेसम्म १२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। हैजा भिब्रिओकोलरी नामक जीवाणुको संक्रमणका कारण हुने गर्छ।

झाडापखाला जस्तो देखिने हैजा गम्भीर प्रकृतिको हुने भएकाले यसको असर बढी हुने चिकित्सकहरूको भनाइ छ। समयमै उपचार नपाउँदा बिरामीको मृत्युसमेत हुने जोखिम हुन्छ। जीवाणुको संक्रमण हुँदा केही घण्टामै यसको लक्षण देखिन थाल्छ।

हैजा फैलिँदै गएपछि सरोकारवाला निकायले रोकथामका उपाए खोज्न थालेका छन्। जीवाणु फैलिएपछि रोकथामका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चासो देखाएको छ। 

उपत्यका खानेपानी लिमिटेडले प्रभावित क्षेत्रमा 'हाइपर क्लोराइड' वितरण गर्ने भएको छ। प्रभावित क्षेत्रमा उपत्यका खानेपानी लिमिटेडले उपभोक्ता तथा अन्य ग्राहकलाई क्लोराइड वितरण गर्न लागेको हो।

प्रभावित क्षेत्रमा नि:शुल्क क्लोराइड वितरण गर्ने उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईले बताए। प्रभावित क्षेत्रका मानिसलाई दुई सय 'एमल' हाइपर क्लोराइड लिइने र एक लिटर पानीमा २ थोपा क्लोराइड राख्नुपर्ने उनले बताए। क्लोराइड शाखामार्फत उपभोक्तालाई प्रदान गरिने उनले बताए।

स्वास्थ्य कार्यालय काठमाडौंले प्रभावित क्षेत्रबाट केस पत्ता लगाउने काम गरिरहेको छ। कार्यालयका अनुसार हैजा देखिएका प्रभावित क्षेत्रको खानेपानीको परीक्षण र स्याम्पल लिएर अनुसन्धान भइरहेको हो।

यस्तै काठमाडौं उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा बेच्न रोक लगाइएको छ। बाटोमा ठेला गाडामा पानीपुरी, चटपटै तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको महागरले जनाएको छ।

प्रकाशित: Jun 27, 2022| 08:33 सोमबार, असार १३, २०७९
प्रतिक्रिया दिनुहोस्