बुधबार, असार २५, २०८२

पाठ्यक्रमबारे समीक्षा गर्न त्रिविमा पाँच दिने कार्यशाला

पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

काठमाडौं– पाठ्यक्रम समीक्षाको लागि ग्रामीण विकास केन्द्रीय विभाग त्रिविले कार्यशाला गोष्ठी आयोजना गरेको छ।

स्नातकोत्तरमा पढाइ हुने ग्रामीण विकासअन्तर्गतका पाठ्यक्रमको समीक्षा र त्यसको आवश्यक परिमार्जनको लागि कार्यक्रम आयोजना गरिएको हो।

विभागीय प्रमुख विष्णु बहादुर केसीका अनुसार गोष्ठीमा देशभरका २० क्याम्पसका प्राध्यापकहरु सहभागी छन्। उनीहरुको अनुभव र सुझाव लिएर समयानुकूल पाठ्यक्रम परिमार्जन गर्ने तयारीमा विभाग रहेको केसीले बताए।  

‘हामीले ग्रामीण विकासको स्नातकोत्तरको नयाँ कोर्स बनाएको चार वर्ष जति भयो। यो पाठ्यक्रमबाट एउटा ब्याच पासआउट भएको छ। त्यसैले पाठ्यक्रम कति समयसापेक्ष थिए, के–के समस्या आए भनेर यसबारे समीक्षा र परिमार्जन गर्न बहस गरेका हौँ,’ केसीले भने।

प्रकाशित: Jun 22, 2022| 17:28 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्