काठमाडौं– रासायनिक मल नपाएको भन्दै काठमाडौंमा किसानहरूले प्रदर्शन गरेका छन्। नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी किसान संघले प्रदर्शन गरेको हो।
रोपाइँ सुरु भइसक्दा पनि मल नपाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। उनीहरू धानको बिउसहित प्रदर्शनमा आएका थिए।