बुधबार, असार २५, २०८२

शरीरलाई फाइबरयुक्त चिजको सेवन किन आवश्यक छ?

सामान्यतया मानिसहरु 'फास्ट र जंक फुड'मा बढी रुची राख्छन्, यसमा फाइबरको मात्रा एकदमै कम हुन्छ भने बोसो बढी हुन्छ।
 |  सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९

काठमाडौं- सामान्यतया मानिसहरु 'फास्ट र जंक फुड'मा बढी रुची राख्छन्, यसमा फाइबरको मात्रा एकदमै कम हुन्छ भने बोसो बढी हुन्छ। 

पेटका रोगहरुबाट बच्‍न सबै मानिसहरुले खानामा फाइबरयुक्त चिजहरुको बढी सेवनमा ध्यान दिनुपर्छ। फाइबरयुक्त खानाले तौल नियन्त्रण गर्नका साथै आन्द्रा चलाउने प्रक्रियालाई सजिलो बनाउँछ।

फाइबरयुक्त खानेकुराको सेवनले कब्जियतको समस्या कम हुन्छ र यसले आन्द्रालाई स्वस्थ राख्‍न पनि मद्दत गर्छ। यसका लागि कच्चा फलफूल र सागसब्जी, चिया सिड आदिको बढी सेवन गर्नुपर्दछ।

तौल घटाउन फाइदाजनक

फाइबरयुक्त खानेकुराले तपाईंको पाचन क्रियालाई ठीक राख्‍न मात्र मद्दत गर्दैन, तपाईंको पेट लामो समयसम्म भरिराख्छ। यसो गर्दा तपाईलाई थप खान मन लाग्दैन। मोटोपनाको जोखिमबाट बच्‍नको लागि फाइबरयुक्त आहार पनि फाइदाजनक हुन्छ।

पेट स्वस्थ रहन्छ

आन्द्रा स्वस्थ राख्नु राम्रो पाचनका लागि आवश्यक मानिन्छ। फाइबर युक्त चिज खाने बानी बसालेर आन्द्रालाई स्वस्थ राख्‍न सकिन्छ। उच्च फाइबरयुक्त आहारले तपाईंको कोलोनलाई स्वस्थ राखेर बाबासिर र बल्जजस्ता समस्याहरूको जोखिम कम गर्छ। फाइबरयुक्त आहाराले कोलेस्ट्रोल क्यान्सरको जोखिम कम गर्न पनि मद्दत गर्दछ।

मधुमेहका बिरामीका लागि फाइदाजनक

फाइबरयुक्त खानेकुराको सेवन बढाएर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न पनि फाइदाजनक मानिन्छ।  मधुमेह भएका मानिसहरुमा फाइबर विशेष गरी घुलनशील फाइबरले चिनीको अवशोषणलाई कम गर्छ, जसका कारण मधुमेहको जोखिम कम हुन्छ। 

यसका फाइदाहरु रगतमा चिनीको मात्रा राम्रो राख्‍न र विशेष गरी टाइप २ मधुमेह हुने जोखिमलाई कम गर्नमा सहयोगी मानिन्छ। -अमरउजालाबाट



प्रकाशित: Jun 20, 2022| 06:00 सोमबार, असार ६, २०७९
प्रतिक्रिया दिनुहोस्