बुधबार, असार २५, २०८२

आउँदा दिन तातामात्र होइन, रोगग्रस्त पनि हुनेछन्

अहिले करिब १० हजार विभिन्न प्रकारका भाइरस ‘मौन रुपमा’ जंगली स्तनपायी जनावरहरुमाझ विस्तार भइरहेका छन्। हाल उष्ण वनका गहिराइमा सीमित ती भाइरसले मानिसको सम्पर्कमा आए जोखिमपूर्ण उत्परिवर्तन गर्न सक्छन्।
 |  बुधबार, असार ८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार ८, २०७९

जलवायु परिवर्तनका कारण जनावरहरु उपयुक्त स्थान खोजी गर्दै स्थानान्तरण हुने क्रममा अन्य जन्तुसँगको घुलमिलले नयाँ प्रकारका भाइरसलाई जन्म दिने जोखिम बढ्दो छ। यस्ता भाइरसले मानिसलाई समेत असर गर्ने अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्।

अहिले करिब १० हजार विभिन्न प्रकारका भाइरस ‘मौन रुपमा’ जंगली स्तनपायी जनावरहरुमाझ विस्तार भइरहेका छन्। हाल उष्ण वनका गहिराइमा सीमित ती भाइरसले मानिसको सम्पर्कमा आए जोखिमपूर्ण उत्परिवर्तन गर्न सक्छन्।

सन् २०७० भित्र प्राकृतिक बासस्थानको तापमान बढेर नयाँ स्थानको खोजीमा भौंतारिन बाध्य ती जनावरहरुको अरु जनावरसँग पहिलो पटक भेट हुँदा कम्तिमा १५ हजार नयाँ प्रकारका भाइरसको जन्म हुने ‘नेचर’ जर्नलमा प्रकाशित एक अध्ययनले बताएको छ।

“हामीले भविष्यमा पशु जनसंख्यामा देखा पर्न सक्ने खतरनाक रोगहरु अनि त्यसले मानव स्वास्थ्यमा पार्ने सम्भावित विनाशकारी जोखिमहरुको आकलन गरेका छौं,' अध्ययनका सह-अनुसन्धानकर्ता जर्जटाउन विश्वविद्यालयका रोग तथा वातावरणविद् ग्रेगरी अल्बेरीले भने।

'यस अध्ययनले हामीलाई थप विवादास्पद प्रमाणहरु दिएको छ। आउँदा दिनहरु ताता मात्र हुने छैनन्, रोगग्रस्त पनि हुनेछन्,' उनले भने। पाँचौं वर्ष चलिरहेको अध्ययनले ३ हजार १ सय ३९ प्रजातिका स्तनपायी जनावरहरुको जलवायु परिवर्तन अनुसारको हलचलमाथि निगरानी राखी त्यसले  कस्तो ‘भाइरल ट्रान्समिसन’ निम्त्याउँछ भन्नेबारे अध्ययन गरिरहेका छन्।

विशेषगरी दक्षिणपूर्वी एसिया र अफ्रिकामा भइरहेको भिन्न प्रजातिका स्तनधारीहरुको भेट चाँडै विश्वभरमा दोब्बर गतिमा फैलने अन्वेषकहरुको भनाइ छ।

चमेराको खतरा

ग्लोबल वार्मिङका कारण चमेरको भेट मानिसहरुको जनसंख्या धेरै भएको ठाउँमा हुने-  जहाँ ‘मानिसहरु जोखिमपूर्ण हुनुका साथै त्यस स्थानबाट विश्वव्यापी रुपमा सो भाइरस फैलने’ पनि अन्वेषकहरुले बताएका छन्।

इथियोपियाको सहेल र रिफ्ट उपत्यका, भारत, पूर्वी चीन, इन्डोनेसिया, फिलिपिन्स तथा केही युरोपेली देशहरुमा खतरा बढी भएको अध्ययनले सुझाएको छ।

अहिले करिब १० हजार विभिन्न प्रकारका भाइरस ‘मौन रुपमा’ जंगली स्तनपायी जनावरहरुमाझ विस्तार भइरहेका छन्। हाल उष्ण वनका गहिराइमा सीमित ती भाइरसले मानिसको सम्पर्कमा आए जोखिमपूर्ण उत्परिवर्तन गर्न सक्छन्।

कोरोना भाइरसको माहामारी सुरु हुनुभन्दा केही हप्ता अगाडि मात्र समाप्त भएको सो अध्ययनले चमेराहरुबाट हुनसक्ने अनौठो जोखिमलाई औंल्याएको थियो। नभन्दै केही हप्तापछि सुरु भएको कोरोना  महामारीको जड पनि चमेरालाई नै मानिएको छ। चमेरा मात्र यस्तो स्तनधारी जीव हो जो उड्नसक्छ अनि कोसौँ टाढासम्म रोग फैलाउन सक्छ।

दक्षिणपूर्वी एसियामा चमेराहरुको हलचल सुरु भइसकेको छ। जसले अन्य स्तनधारी जीवहरुसँग सम्पर्कमा आएर सम्भावित जोखिमलाई झन् बढाएका छन्। विश्वले हरित गृह ग्यास उत्सर्जन तत्काल कम गर्ने हो भने पनि यस खतराबाट पार पाउन मुस्किल छ।

अध्ययन अनुसार सुस्त जलवायु परिवर्तनले झनै जोखिमलाई बढाउँछ किनभने यसले जनावरहरुलाई स्थानान्तर हुन ज्यादा समय प्रदान गर्छ।

अन्वेषकहरुले ‘जोखिमपूर्ण हलचल’ यस शताब्दीको अन्ततिर हुने भन्दै सुरु गरेको अध्ययनले अनपेक्षित नतिजा प्रस्तुत गर्यो। सन् २०११ देखि २०४० बीच जोखिमपूर्ण सम्पर्क सुरु भई विस्तारै बढ्दै जाने अध्ययनले बतायो।

'यो सुरु भइसक्यो। अब सर्वोत्कृष्ट ढंगबाट जलवायु परिवर्तन न्यूनीकरण सुरु गरे पनि यसलाई रोक्न सकिँदैन। अबको पहिलो प्राथमिकता भनेको मानव तथा जनावरको जनसंख्या बचाउन आवश्यक स्वास्थ्य पूर्वाधारको निर्माण हुनुपर्छ,” अलबेरीले बताए।

स्तनपायी जनावरहरुमा सम्पूर्ण ध्यान केन्द्रित गरिरहँदा अरु जनावरमा ‘जुनोटिक’ भाइरस बढ्ने जोखिमबारे पनि अनुसन्धानकर्ताहरुले प्रकाश पारेका छन्। जुनोटिक भाइरस पनि जनावरबाट मानिसमा सर्छन्।

उनीहरुले चरा, उभयचर र समुद्री स्तनपायी समेतबाट हुनसक्ने खतरामा थप अनुसन्धान गरिनुपर्ने कुराको आह्वान गरेाका छन्। अध्ययनका सह-लेखक कोलिन कार्लसनले 'भविष्यमा सिर्जना हुन सक्ने खतरापूर्ण स्थानहरु हाम्रै घरपछाडिको बारी समेत हुन सक्ने' भन्दै चेतावनी दिए।

'नयाँ रोग निम्त्याउने मुख्य कारण जलवायु परिवर्तन नै हुनेछ- जसको निकट भविष्यमा नियन्त्रण लगभग असम्भव देखिन्छ,' जर्जटाउन विश्वविद्यालयकै विश्वव्यापी परिवर्तन तथा जीवविज्ञ कार्लसनले बताए, “त्यसकारण हामीले उचित स्वास्थ्य प्रणालीको विकास सुरु गर्नुपर्छ।'

-अलजजिराबाट

प्रकाशित: Jun 22, 2022| 07:30 बुधबार, असार ८, २०७९
प्रतिक्रिया दिनुहोस्