बिहीबार, असार २६, २०८२

उपचारमा छन् मंकिपक्सको आशंका गरिएका एक नेपाली

नेपालमा एक जनालाई मंकीपक्सको आशंका गरिएको छ। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकीपक्सको आशंका गरिएको छ। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- नेपालमा एक जनालाई मंकीपक्सको आशंका गरिएको छ। दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकीपक्सको आशंका गरिएको छ। अहिले उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। 

अस्पतालका निर्देशक डा. मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकिपक्सको आशंकामा टेकु अस्पतालमा पठाएको थियो। 

उनका अनुसार ती बिरामीलई  मंकीपक्सको जस्तो लक्षण उच्च ज्वरो, शरीरमा फोका आउने जस्ता समस्या रहेको बताए। 'हामीले आइसोलेट गरेर ती व्यक्तिलाई उपचार गराइरहेका छौँ,' उनले भने, 'रिपोर्ट आएपछि मंकिपक्स हो होइन थाहा हुन्छ।' बिरामी दुबई हुँदै नेपाल आएका हुन्। उनी दुबईमा वैदेशिक रोजगारका लागि गएका थिए।

प्रकाशित: Jun 17, 2022| 00:01 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्