काठमाडौं– नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको पुनर्निर्माण हुनुपर्ने माग राख्दै प्रदर्शन गरेको छ।
कलेजको भवन जीर्ण भएकोले र कक्षाभित्र बसेर पढ्न पनि जोखिम बढेकोले यसको पुनर्निर्माणको काम तत्काल अगाडि बढाउनुपर्ने भन्दै नेविसंघले कलेज परिसरअगाडि प्रदर्शन गरेको हो।
साथै घण्टाघरको पनि पुनः निर्माण हुनुपर्ने माग नविसंघको छ।