बिहीबार, असार २६, २०८२

६ बुँदे सहमतिपछि खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए ।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– करिब ५ महिनापछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा ठोकिएको ताल्छा आइतबारदेखि खुलेको छ। सत्तारुढ नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले माघ ६ गते र आंशिक प्राध्यापकले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए।

 नेविसंघले गत शुक्रबार ताला खोलेपछि आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार तालाबन्दी खोलेको हो । तालाबन्दी खुलेसँगै करिब १४० दिन बढी समयदेखि बन्द विश्वविद्यालयका प्रशासनिक काम नियमित हुने त्रिवि प्रशासनले जनाएको छ।

त्रिविको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएपछि तालाबन्दी खुलेको हो। नेविसंघले त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी भएपछि ताला खोलिएको बताएको छ।

त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषद्बाट स्वीकृत १,४२९ कोटा कार्यान्वयन गर्न आवश्यक बजेटका लागि सरकारसँग १५ दिनभित्र पहल गर्ने सहमति भएको छ।

प्रकाशित: Jun 12, 2022| 15:09 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्