बिहीबार, असार २६, २०८२

अपेक्षा नै नगरेको परिणाम आएपछि उत्साहित छन् क्यान्सर वैज्ञानिक

‘डोस्टारलिमाब’ भनिने उक्त औषधी मेडिकल भाषामा ‘मोनोक्लोनोल एन्टीबडी ड्रग’ हो। जसलाई बेलायतमा पहिले नै पाठेघरको क्यान्सरको उपचारका रुपमा स्वीकृत गरिसकिएको थियो।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

'कोलोरेक्टल' अर्थात् आन्द्राको क्यान्सरको औषधिको परीक्षणको परिणाम अपेक्षा नै 'नगरेको' आएपछि अमेरिकी वैज्ञानिकहरूलाई उत्साहित बनाएको छ। परीक्षणका क्रममा यो औषधि प्रयोग गरिएका सबै बिरामी निको भएको पाइएपछि वैज्ञानिकहरुलाई उत्साहित बनाएको हो। 

'डोस्टारलिमाब' नामक यो औषधिलाई बेलायतले पाठेघरमा हुने क्यान्सरको उपचारका लागि प्रयोगको अनुमति दिइसकेको छ। यही औषधिलाई न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा आन्द्राको क्यान्सरमा पनि प्रयोग गर्न सकिने विषयमा परीक्षण गरिएको हो। औषधिको परीक्षण सफल देखिएपछि वैज्ञानिक खुशी छन्। 

डोस्टारलिमाब चलाइएका १८ बिरामीमा एक वर्षपछि गरिएका शारीरिक जाँच, ईन्डोस्कोपी, पिईट स्क्यान, एमआरआईजस्ता विभिन्न जाँचपछि पुरानो क्यान्सरको कुनै संकेत नदेखिएका कारण औषधि प्रभावकारी भएको वैज्ञानिकहरूको दाबी छ। एक वर्षअघि नै उनीहरूमा यो औषधि चलाएर उपचार गरिएको थियो। तर यस्तो औषधि ट्युमरको जेनेटिक म्युटेसन भएका बिरामीमा मात्र प्रयोग गर्न सकिन्छ। ट्रायल गरिएका सबै बिरामीको ट्युमरमा जेनेटिक म्युटेसन थियो। 

मेमोरियल स्लोन केटरीङ क्यान्सर सेन्टरका डाक्टर लुई डियाज जुनियरले अहिलेसम्म कुनै पनि औषधि डोस्टारलिमाब जति प्रभावकारी नभएको बताए। उनी उक्त औषधी तथा परीक्षणबारे न्यु ईङ्ग्लेन्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययन रिपोर्टका एक लेखक पनि हुन्।

अध्ययनमा संलग्न नरहेका अर्का क्यालिफोर्निया विश्वविद्यालयका क्यान्सर विशेषज्ञ डाक्टर एलेन पी भेनूकले पनि अहिलेसम्म यस्तो ‘चमत्कार भएको नसुनेको’ बताए।
'म साँच्चै उत्साहित छु। क्यान्ससरकव इतिहासमा यति बढी उपलब्धि हासिल भएको यो पहिलो पटक हो,' डा डियाजले भनेका छन्।

अध्ययनमा संलग्न नरहेका अर्का क्यालिफोर्निया विश्वविद्यालयका क्यान्सर विशेषज्ञ डाक्टर एलेन पी भेनूकले पनि अहिलेसम्म यस्तो ‘चमत्कार भएको नसुनेको’ बताए।

अध्ययनमा संलग्न रोगीहरु अन्तिम ‘स्टेज’का बिरामी थिए। उनीहरुले केमोथेरापी, रेडिएसन, सर्जरीजस्ता अनेकौँ उपाय लगाउँदा पनि रोग निर्मुल नभएपछि जीवनबाट हार खाइसकेका थिए। त्यस्ता उपचार पद्धतिले पिसाबनली तथा यौन दुर्बलतासमेत निम्त्याउन सक्छ।

अब कुनै उपाय नरहेको र क्यान्सरकै कारण ज्यान जाने भनी ढुक्क भएर ‘परीक्षण’का लागि राजी भएका १८ बिरामी क्यान्सरमुक्त हुँदा निकै हर्षित र चकित छन्।

'सबैका आँखामा खुसीका आँसु थिए,' मेमोरियल स्लोनकै अर्की क्यान्सर विशेषज्ञ डाक्टर एन्ड्रीया सेर्सेकले बताइन्। डोस्टारलिमाबले बिरामीमा अन्य कुनै स्वास्थ्य जटिलता ननिम्त्याएको पनि डाक्टर भेनूकले जोडेका छन्।

डोस्टारलिमाबजस्ता औषधि सेवन गर्ने औषतमा प्रत्येक ५ मध्ये १ जना बिरामीलाई केही न केही समस्या देखिन्छ।

परीक्षण गरिएका १८ जना बिरामीलाई हरेक तीन हप्तामा एक डोज डोस्टारलिमाब ६ महिनासम्म प्रयोग गरिएको थियो। जसको एक डोजलाई ११ हजार अमेरिकी डलर (साढे १३ लाख रुपैँया) पर्छ।

यस औषधिले क्यान्सरका कोशिकालाई बाहिर निकालिदिन्छ र ता कि प्रणालीले त्यसको पहिचान गरी नष्ट गर्न सकोस्।

नर्थ क्यारोलाइना विश्वविद्यालयको लाइनबर्जर क्रम्पिहेन्सिभ क्यान्सर सेन्टरकी डाक्टर हाना के स्यानोफले यस ‘सफलता’लाई 'सानो तर प्रभावकारी' बताएकी छन्। तर, बिरामी साँच्चै पूर्ण रुपमा निको भए/नभएको पुष्टि नभएको उनले थपिन्।

'डोस्टारलिमाबको क्लिनिकल सफलता भनेको क्यान्सरको पूर्ण निर्मुलता बराबर हो कि होइन भनेर भनिहाल्ने समय भइहालेको छैन,' न्यु इंगल्यान्ड जर्नल अफ मेडिसिनमै प्रकासित सम्पादकीयमा डाक्टर स्यानोफले लेखेकी छन्।

डोस्टारलिमाबबाट खासै धेरै आश नराखेकी उनले रेडिएसन पद्धति अपनाउनका लागि आफ्नो पाठेघर छातिमुनिसमेत सारिसकेकी थिइन्। तर परीक्षण अवधि सकिएपछि डाक्टर सर्सेकले उनलाई समाचार दिँदा उनले सुरुमा पत्याइनन्।

डाक्टर डियाजलाई रेक्टल क्यान्सरको अध्ययन गर्ने प्रेरणा सन् २०१७ मा औषधि उत्पादक कम्पनी मर्कबाट प्राप्त भएको हो। त्यसबेला शरीरका विभिन्न अंगबाट सुरु भएको ‘मेटास्ट्याटिक’ क्यान्सरका ८६ जना रोगीमा अध्ययन गरिएको थियो। मेटास्ट्याटिक क्यान्सर भनेको शरीरको कुनै एक अंगबाट सुरु भई अन्य पाटातिर फैलिने क्यान्सर हो।

मर्कको अध्ययनका बिरामीलाई दुई वर्षसम्म ‘पेम्ब्रोलिजिमाब’ नामक औषधि दिइएको थियो। जसले आधा बिरामीमा ट्युमरलाई घटाएको अथवा फैलिनबाट रोकेको मात्र थियो। दश प्रतिशत बिरामीको रोग निको पनि भएको थियो।

यस निष्कर्षले डाक्टर सर्सेक र डियाजको मनमा 'औषधिको प्रयोग ट्युमर फैलिनुअघि नै गरेको भए के हुन्थ्यो' भन्ने प्रश्न सिर्जना गर्‍यो। फलस्वरुप दुवैजना रेक्टल क्यान्सरको अध्ययनमा लागेका हुन्। डाक्टर सर्सेकले केही बिरामीमा केमोथेरापी प्रभावकारी नभएको अनि उल्टै ट्युमर बढेको फेला पारे। अनि त्यस्ता बिरामीलाई डोस्टारलिमाब जस्तै चेकप्वाइन्ट इन्हिबिटर भएको इम्युनोथेरापी प्रभावकारी हुनसक्ने अनुमान लगाए।

औषधि उत्पादक कम्पनीसँग आर्थिक सहयोग खोजिरहँदा थुप्रैले उनीहरूलाई 'काम नलाग्ने' भन्दै निराश बनाएर फर्काए। अन्ततः ग्लाक्सोसमिथक्लाइनको स्वामित्वमा रहेको तेसारो उनलाई सहयोग गर्न राजी भयो।

उनीहरूकी पहिलो बिरामी थिइन्- साशा रोथ। त्यतिबेला उनको उमेर ३८ थियो। उनको फर्निचर पसल थियो। अचानक उनका डाक्टरले आन्द्रामा क्यान्सर भएको बताएपछि उनी आत्तिएकी थिइन्।

लगत्तै किमोथेरापी सुरु गरे तापनि त्यहाँका डाक्टरले उनको क्यान्सरमा म्युटेसन अर्थात वंशाणु उत्परिवर्तन देखा परेको अनि केमोथेरापीले काम नगर्ने बताए। नभन्दै त्यस्तै भयो।

डोस्टारलिमाबबाट खासै धेरै आश नराखेकी उनले रेडिएसन पद्धति अपनाउनका लागि आफ्नो पाठेघर छातिमुनिसमेत सारिसकेकी थिइन्। तर परीक्षण अवधि सकिएपछि डाक्टर सर्सेकले उनलाई समाचार दिँदा उनले सुरुमा पत्याइनन्।

'हामीले तपाईँको स्क्यान हेर्यौँ। क्यान्सरको कुनै संकेत छैन। तपाईँलाई अब अरु उपचारको खाँचो छैन,' सर्सेकले बताएका थिए।

रोथले भनिन्, 'मैले मेरो परिवारलाई बताउँदा उनीहरुले पनि पत्याएनन्।' तर अहिले दुई वर्ष बितिसक्दा पनि उनको क्यान्सर बल्झेको छैन।

(न्युयोर्क टाइम्समा प्रकाशित यो सामग्री विनायक कार्कीले भावनुवाद गरेका हुन्।)

प्रकाशित: Jun 11, 2022| 13:47 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्