बुधबार, जेठ २९, २०८२

काठमाडौंमा उम्मेदवारी घोषणा गर्ने लहर

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि छन्।
 |  बुधबार, जेठ २५, २०७९

सृजना राई

सृजना राई

बुधबार, जेठ २५, २०७९

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मिति टुंगो नलागे पनि उम्मेदवारी दिने घोषणा लहर चलेको छ। विशेषगरी काठमाडौं जिल्लामा उम्मदेवारी दिने सोच बनाएकाहरूले उम्मेदवारी घोषणा गर्न थालेका हुन्। 

उम्मेदवारी घोषणा गर्ने विषयमा साना दल र स्वतन्त्रबाट चुनाव लड्ने सोच बनाएकाहरूले ठूला दललाई पछि पारेका छन्। यसरी उम्मेदवारी घोषणा गर्नेहरू कोही राजनैतिक पृष्ठभूमिका छन् त केही नयाँ अनुहार पनि छन्। 

रञ्जु दर्शना
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलकी काठमाडौं महानगरकी मेयर उम्मेदवार रञ्जु दर्शना निर्वाचित नभएपनि विजेता उम्मेदवारलाई टक्कर दिएकी थिइन्। त्यसबेला २३ हजार ४ सय ३९ मत ल्याएकी रञ्जुले यसपालि प्रतिनिधि सभामा उम्मेदवारी घोषणा गरेकी छन्।

तत्कालीन विवेकशील नेपालीका अध्यक्ष उज्वल थापासँगै उनले २०७० बाट राजनीतिक यात्रा सुरु गरेकी हुन्। पार्टीको नाम मात्र सुनेकी दर्शनाले फेसबुकबाटै नेपाल बन्दविरुद्धको अभियान 'नेपाल खुल्ला छ' सहभागी हुन नारायण गोपालचोक पुगेकी थिइन्। अभियानमा सहभागी हुन पुगेका उनका पाइला उतैबाट आयोजक पार्टीको राजनीतितर्फ मोडिए। 

प्रकाशित: Jun 08, 2022| 21:29 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...