बिहीबार, असार २६, २०८२

हिमालयन डिस्टिलरीद्वारा समता शैक्षिक गुठीलाई २५ लाख सहयोग

हिमालयन डिस्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं– हिमालयन डिस्टिलरी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता शैक्षिक गुठीलाई २५ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। कम्पनीले शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा  सहयोग पुर्‍याउँदै आएको छ। 

कम्पनीले आर्थिक वर्ष २०७७–०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकम मध्येबाट समता शैक्षिक गुठीलाई सहयोग गरेको हो। 

समता शैक्षिक गुठीले देशभर ८४ वटा विद्यालय संचालन गरेको छ। जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका शैक्षिक कार्यक्रमहरु संचालित छन्। करिब ७० हजार विद्यार्थीले अध्ययन गरेको उक्त गुठीको दावी छ।

गुठीले प्रति विद्यार्थी प्रति महिना एक सय रुपैयाँ मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरुलाई अध्यापन गराइरहेको छ।

प्रकाशित: Jun 08, 2022| 16:36 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्