बिहीबार, असार २६, २०८२

मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका सार्वजनिक

नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
 |  बुधबार, जेठ २५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २५, २०७९

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ। काउन्सिलले स्नातक तह २ चरण र स्नातकोत्तर तहको दर्ता परीक्षा (लाइसेन्स परीक्षा)को मिति ३ चरणमा हुने गरी तय गरेको हो। 

काउन्सिलका अनुसार स्नातक तहको  असोज ६, ७ र ८ गते तथा माघ १२, १३ र १४ गते परीक्षा हुनेछ। यस्तै स्नातकोत्तर तहको विशेष परीक्षा साउन ६ र ७ गते, मंसिर ९ र १० गते तथा चैत १७ र १८ गतेलाई तोकिएको छ। 

साउन ६ र ७ गते हुन गइरहेको विशेष परीक्षाका लागि जेठ २० देखि असार २२ गतेसम्म आवेदन फारम भर्न काउन्सिलले भनेको छ। 

विदेशमा भर्ना भई कोभिडका कारण नेपालमा इन्र्टनशीप गरिरहेका विद्यार्थीहरूले परीक्षामा सामेल हुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले तोकेको अवधिको इन्टर्नशीप पूरा गरेको र विश्वविद्यालयको अन्तिम प्रमाणपत्र आवश्यक पर्ने काउन्सिलले जनाएको छ। 

प्रकाशित: Jun 08, 2022| 07:55 बुधबार, जेठ २५, २०७९
प्रतिक्रिया दिनुहोस्