बिहीबार, असार २६, २०८२

कोभिड अपडेट : २१ संक्रमित थपिए, सक्रिय संक्रमित १०९ जना

– पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २४८ जनाको नमुना परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जना संक्रमणमुक्त भएका छन् भने हाल १०९ जना सक्रिय संक्रमित छन्। हालसम्म नेपालमा ९ लाख ७९ हजार २०६ जनाको पीसीआर परीक्षणमा संक्रमित भएकोमा ९ लाख ६७ हजार १४५ जना सक्रमणमुक्त भएका छन्। ११ हजार ९५२ जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Jun 06, 2022| 16:35 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्