काठमाडौ– विश्वभर निःशुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबरले नेपालका विद्यालयहरूले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षण सिकाइमा सहयोग गरेको छ।
नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न भूमिका खेलेको हो।
शैक्षिक गतिविधिहरूमा फलदायी रहने अतिरिक्त गतिविधिहरूलाई प्राथमिकता दिने र विस्तार गर्ने कुरामा भाइबर प्रतिबद्ध छ। यस मेसेजिङ एपले विद्यार्थी, शिक्षक र अभिभावकहरूबीचको सञ्चारमा रहने ग्यापलाई सजिलो र प्रभावकारी रूपमा कम गर्न विभिन्न फिचरहरूलाई प्राथमिकता दिई विकसित गरेको छ।
भाइबरका प्रयोगकर्तामैत्री, सुरक्षा र गोपनीयताको सुनिश्चितताजस्ता फिचरहरूको लाभ उठाउँदै अहिले भौतिक कक्षाहरू पुनः सुचारू गरिएको अवस्थामा पनि विद्यालय, अभिभावक, शिक्षक र विद्यार्थीहरूले भाइबर एपको प्रयोग गरिनै रहेका छन्।
नेपालका धेरै विद्यालयहरूले अझै पनि भाइबरको प्रयोग गरिरहेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययन अनुसार विद्यालयहरूले आफ्नो सूचना र शैक्षिक पाठ्यक्रम प्रसारित गर्न र कार्यान्वयन गर्न भाइबरको प्रयोग गर्छन् । उदाहरणका लागि, विद्यालय र अभिभावकहरूले अहिले पनि सामूहिक छलफल गर्न र बैठकहरूमा सहभागी हुन भाइबर ग्रुप च्याटको प्रयोग गरिरहेका छन् ।
भाइबरले निकट भविष्यमा हाइब्रिड लर्निङ प्रणालीलाई मद्दत पुग्ने थप कार्यक्रम र योजनाहरू ल्याउने जनाएको छ। जसमध्ये विद्यालयहरूलाई लक्षित गरी हाइब्रिड सिकाइ प्रणालीका लागि प्रयोग गर्न सकिने भाइबर सुविधाहरूबारे प्रशिक्षण गर्न ल्याइन आँटेको वेबिनार एक हो । वेबिनार यो वर्षको तेस्रो क्वाटरमा हुने अपेक्षा गरिएको छ ।