बिहीबार, असार २६, २०८२

मध्यपश्चिम विश्वविद्यालयद्वारा उपप्राध्यापकसहित कर्मचारी माग

मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ।
 |  सोमबार, जेठ २३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २३, २०७९

काठमाडौं- मध्यपश्चिम विश्वविद्यालयले उपप्राध्यापक र कर्मचारीहरूका लागि दरखास्त आह्वान गरेको छ। विश्वविद्यालयअन्तर्गत विभिन्न संकायका क्याम्पसहरूमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो।

शैक्षिक र प्रशासनिक पदहरूमा करार र आंशिक शिक्षक तथा कर्मचारीहरूको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सोमबार प्रकाशित सूचनामा जनाइएको छ।

योग्य नेपाली नागरिकले आउँदो असार २६ गते दिउँसो ३ बजेभित्र (त्यसपछि दोब्बर दस्तुर तिरेर साउन १ गतेसम्म) आवेदन दिन सक्नेछन्। दरखास्त फाराम सम्बन्धित संकायको डिन कार्यालयबाट प्राप्त गर्न सकिने जनाइएको छ।



प्रकाशित: Jun 06, 2022| 07:14 सोमबार, जेठ २३, २०७९
प्रतिक्रिया दिनुहोस्