बिहीबार, असार २६, २०८२

कोरोना अपडेट : १६ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो।
 |  शनिबार, जेठ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २१, २०७९

काठमाडौं- कोरोना भाइरसको संक्रमण १६ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार १८४ जनामा कोरोना परीक्षण गर्दा १६ जनामा मात्र संक्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ११० रहेको छ। विगत २४ घण्टामा नौजना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६७ हजार १२८ पुगेको छ। निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य संक्रमित हुने ३७ जिल्ला पुगेका छन्। नेपालमा संक्रमण दर १७.१ प्रतिशत छ।

आज एक लाख ८४ हजार ५२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। अहिलेसम्म होम आइसोलेशनमा ११० जना रहेका छन्। 

प्रकाशित: Jun 04, 2022| 18:15 शनिबार, जेठ २१, २०७९
प्रतिक्रिया दिनुहोस्