बुधबार, जेठ ८, २०८२

गाउँगाउँ डुलेर खोजिएका युवा खेलाडीले झापालाई बनाए च्याम्पियन

भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। ‘धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो।
 |  शुक्रबार, जेठ २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं- पूर्वको झापाबाट जिल्लाको प्रतिनिधित्व गर्दै काठमाडौं आएर सहिद स्मारक सी डिभिजनमा होमिएको झापा फुटबल क्लबको एउटै उद्देश्य थियो- बी डिभिजमा उक्लिने। भएसम्म उपाधि जितेर उक्लिने, नभए दोस्रो भएर पनि बढुवा हुने।

त्यसका लागि लिग सुरु हुनुभन्दा १० दिनअघि नै चार सय किलोमिटर यात्रा गरेर देशको राजधानी आइपुगेका थिए- खेलाडी, प्रशिक्षक र अफिसियल। राजधानीको बसाईं सहज हुने कुरै थिएन। 

नयाँ वर्ष २०७९ सुरु हुनै लाग्दा व्यवस्थापक पेमा गुरुङले सातदोबाटोमा एउटा घर फेला पारे। अब आवासको व्यवस्था भयो। केही स्पोन्सर पनि क्लबले पाएकै थियो। बाँकी त्यसैले धान्यो। त्यसपछि त लिग खेल्ने दिन पनि सुरु भइहाल्यो।

उसो त पछिल्लो सिजन पनि त्यसरी नै काठमाडौं आइपुगेको थियो, झापा। त्यो सिजन निराशा हात लाग्यो। तर भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। ‘धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो,’ क्लबका प्रशिक्षक अंगुर कुमार खड्गीले नेपाल समयसँगको कुराकानीमा भने।

अंगुरलाई लाग्छ सी डिभिजन लिग खेल्न आएका सबै टिम राम्रा थिए। चुनौती पछिल्लो सिजनभन्दा बढेको थियो। तर खेलमा होपलेस हुनुको अर्थै छैन। त्यसका बाबजुद झापाका लागि यो वर्षको फिक्सचर केही ‘फेवरेबल रह्यो’। खेलाडी फिट रहँदै प्रतिस्पर्धात्मक टिमसँग खेल थियो।

तर झापाको गर्मीबाट आएको टिमलाई मौसम अनुकूल हुन सकेन। झापाका खेलाडी सरुमै बिरामी पर्न थाले। ‘पहिलो हप्तामा धेरै खेलाडी बिरामी भए। तर, व्यवस्थापन राम्रो भयो। १० दिन अघि नै काठमाडौं आइपगेकाले खेलमा धेरै असर हुन पाएन। त्यसपछि त सजिलो हुँदै गयो,’ क्लबका व्यवस्थापक पेमा गुरुङले भने।

लिगको सुरुमै निकट प्रतिस्पर्धी पाए खेलाडी थकानको अवस्थामा पुगिसकेका हुँदैनन नि ! झापाले त्यसको फाइदा लियो। ‘प्रतिस्पर्धात्मक टिमसँगका महत्वपूर्ण खेलहरु वैशाखभित्र नै खेलिसकेका थियौं। एकपछि अर्को जित निकाल्दै गयो टिमले। त्यसकारण हामीलाई प्रेरणा मिल्यो,’ मुख्य प्रशिक्षक अंगुर लिगको प्रोग्रेस सुनाउँछन्, ‘अघि बढ्दै गयौँ। महत्वपूर्ण खेल जितिसकेपछि गाह्रो भएन। तर एक खेलमा हामीले हार बेहोर्‍यौं। त्यो खेलमा खेलाडीले आफ्नो गल्ती पत्ता लगाए।’

त्यो हारले झापालाई धेरै कुरा सिकायो। खेलाडी र प्रशिक्षकसँगै सबै बसेर त्यो हारको समीक्षा गरे। ‘ड्रेसिङ रुममा हामीले खेलमा भएका गल्तीबारे चर्चा भयो। ‘बाँकी खेलमा हामीले त्यो गल्ती सच्यायौँ। खेलाडीले पनि आफ्नो गल्तीबाट सिके। आज जितसम्म आइपुग्यौँ,’ उनले भने।

भनिन्छ नि खेलमा हारिँदैन- कि जितिन्छ, कि सिकिन्छ। झापाले सिक्यो। धेरै कुरा सिकेरै लिगमा दोस्रो पटक होमिएको हो।

वैशाख ९ गतेबाट सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको मैदानमा सुरु भएको लिग जेठ २० गते सकिएको छ। लिग सकिँदा १३ खेलबाट झापाले ३४ अंक बटुल्दै उपाधि पनि जित्यो। र, एक खेलअघि नै आफ्नो बढुवा निश्चित गर्‍यो।

उसले निकट प्रतिद्वन्दी प्लानिङ ब्वाइज क्लबलाई तीन अंकले पछि छोड्दै उपाधि निश्चित गरेको हो। झापाले यो उपाधिका लागि गरेको तीस लाखभन्दा धेरै लगानीले आज सार्थकता पाएको छ।

त्यसो त झापा क्लब पछिल्लो सिजनमै पनि बढुवाको लक्ष्यका साथ लिगमा होमिएको थियो। उसले लिग जित्‍नका लागि ठूलै खर्च गर्‍यो, सिनियर खेलाडीहरु लियो। ए डिभजिन लिगमा मछिन्द्र क्लबबाट खेलिसकेका विशाल राई बीलाई क्लबमै राख्यो।

तर त्यो सिजनमा बढुवाको सपना अधुरै रह्यो। जति प्रयास गरे पनि सकेन। त्यसमाथि झापाबाट आएर काठमाडौंमा बसेर खेल्न उसलाई सजिलो पनि थिएन। व्यवस्थापन चुस्त बनाउन सकेन। यो वर्ष पनि सजिलो कहाँ भयो र? खर्च धेरै भयो। पैसा खोज्‍न चुनौती थियो।

‘टिम मिलाउन कति गाह्रो छ। कोभिड–१९ को आर्थिक प्रभाव अझैसम्म बाँकी छ। देशको आर्थिका अवस्था डामाडोल भएको छ। त्यसको असर क्लबलाई पनि परेको छ। हामीले पनि प्यासोनेट भएर मात्र क्लब चलाउन सकेको हो,’ नेपाल समयसँगको कुराकानीमा उनले भने।


यद्यपि झापाका व्यवस्थापक पेमाले स्पोन्सर समयमै खोजिहाले। भन्छन्, ‘गाह्रो मात्र हेरेर हुँदैन। हामीले स्पोन्सर पनि पाएका छौं। नेपालमा धेरै खेल मनपराउने मान्छे छन्। हामी उनीहरुकै कारण टिकिरहेका छौं।  हामी आउटसाइडबाट आएको क्लब हो। हामी भाडामा बसिरहेका छौं। सातदोबाटोमा एउटा घर भाडामा लिएका छौं।’

क्लबको यो अप्ठ्यारो प्रशिक्षकले पनि बुझेका छन्। ‘अर्काको ठाउँमा आएर खेल्न गाह्रो हुन्छ। यहाँको क्लबलाई हाम्रो ठाउँमा गएर खेल्न पनि सजिलो छैन नि ! तर त्यसलाई परास्त गर्दै खेल्यौ,’ प्रशिक्षक अंगुरले भने।

यो वर्ष सिनियर खेलाडीलाई धेरै चासो दिइएन। सिनियर लक्ष्मण बेगा, पेमा तामाङ, पुजन राईजस्ता केही मात्रामा मात्र सिनियर खेलाडी अहिले क्लबमा छन्। तीबाहेकका खेलाडीलाई क्लबले रिलिज गर्‍यो।

पछिल्लो सिजनमा झापाले जित निकाल्न नसकेको प्रशिक्षक अंगुरले नजिकबाट देखेका थिए। उनले भने, ‘अन्तिम सिजनमा हामीसँग अनुभवी खेलाडी थियो। यो वर्ष युवा खेलाडी छन्। पोहोर हामीले गर्न नसकेको कुरा यो वर्ष गर्‍यौं। यो वर्ष खलाडीलाई नजिकबाट चिन्‍ने अवसर पायौँ।’

उनले खेलाडीको 'गर्लफ्रेन्ड'बारे पनि क्लबले जानकारी राखेको भन्दै ठट्टा गरे। भन्‍नुको अर्थ क्लबले खेलाडीको भावनालाई बुझेर उसको आवश्यक्त पूरा गरिदियो भने क्लबलाई थप फाइदा हुने मनसाय राखेको थियो। ‘हाम्रो प्लस पोइन्ट त्यो नै हो जस्तौ लाग्छ,’ प्रशिक्षक अंगुरले भने।

पछिल्लो सिजनमा बढुवा नभएपछि झापाले फुटबलको गतिविधि बढायो। विभिन्‍न ठाउँबाट युवा खेलाडी छान्‍ने काम गर्‍यो। युवा खेलाडीलाई सहारा बनाउने लक्ष्य लियो अनि उनीहरुलाई नै अघि बढ्ने बाटो देखायो। झापाको विर्तामोडका दक्षिणमा छ, डोमलाल रंगशाला। त्यहाँ वर्षैपिच्छे ‘झापा गोल्डकप’ आयोजना हुन्छ। त्यहि रंशालामा त हो, यो क्लबले अभ्यास गरेको।

‘हामीले सेलेक्टेड खेलाडी मात्र क्लबमा बोलाएका थियौं। नपुगेकोमा हामीले झापा बाहिरको खेलाडी पनि बेलाएको हो। तीन-चार दिनको छनोट गरेर हामीले खेलाडी छनोट गरेको हो,’ प्रशिक्षक अंगुरले थपे, ‘मैले एउटा टिम बनाएको थिएँ। व्यवस्थापनले अर्को टिम बनाएको थियो। खेलाडी खोज्‍ने टिम थियो त्यो। त्यसरी हामी गाउँगाउँ डुलेर खेलाडी खोजेर ल्याएको हो।’

त्यसो त नेपाली फुटबलमा झापाले ठूलो हिस्सा ओगटेको छ। ‘विशाल राई, अनन्त तामाङ, संजोक राईजस्ता खेलाडी झापाले नै जन्माएको हो। ए डिभिजन क्लब र बी डिभिजन क्लबमा पनि धेरै झापाली खेलाडी छन्। राष्ट्रिय टिममा पनि छन्। तर पूर्वका क्लबहरु सहिद स्मारक लिगको माथिल्लो डिभिजनमा भेटिँदैनन्। माथिल्लो डिभिजनमा काठमाडौं उपत्यकाका क्लब मात्र छन्।

तर अहिले झापा क्लब बी डिभिजमा उक्लिएको छ। यसले पूर्वेली फुटबललाई के सन्देश देला ? प्रशिक्षक अंगुरको जवाफ छ, ‘झापामा खेलाडीको कमी छैन। शीर्ष डिभिजनको हरेक क्लबमा झापाली खेलाडी छन्। तर क्लबको रुपमै आउँदा चाहीँ ठाउँको नै प्रतिनिधित्व हुने रहेछ भन्‍ने लाग्छ। अनि आउँदो सिजनमा झापाली अझै बढेर आउँछ भन्‍ने सन्देश पनि दिन्छ।’

 खेलाडीलाई क्लबले चार महिना अघिबाट क्याम्पमा राखेको थियो। टाढादेखि नजिकका सबै खेलाडी बस्‍ने, खाने, सुत्‍नेदेखि सबै एकै ठाउँमा थिए। त्यो भएको कारणले टिम वर्क अब्बल भएको प्रशिक्षकको दाबी छ।

प्रशिक्षकले भनेजस्तै झापामा खेलाडी खोज्‍नकै लागि समस्या छैन। त्यसको फाइदा उठाउँदै झापा क्लबले नयाँ खेलाडी छान्यो। उनीहरु सानो-सानो प्रतियोगितामा गएर त्यहाँबाट पनि खेलाडी ल्याएर प्रशिक्षणमा राखेका छन्। झापा  आसपासका क्षेत्रमा धेरै फुटबल प्रतियोगिता हुने भएकाले उनीहरुलाई खेलाडी खोज्‍न भने केही राहत भयो।

क्लबका प्रशिक्षक अंगुर कुमार खड्गी।

ती खेलाडीलाई क्लबले चार महिना अघिबाट क्याम्पमा राखेको थियो। टाढादेखि नजिकका सबै खेलाडी बस्‍ने, खाने, सुत्‍नेदेखि सबै एकै ठाउँमा थिए। त्यो भएको कारणले टिम वर्क अब्बल भएको प्रशिक्षकको दाबी छ।

‘हामीले खेलाडीको समस्यालाई आफ्नै समस्या जस्तो गरेर सहयोग गरेका छौं। हामी सबै साथीका रुपमा क्लबमा छौं,’ अंगुरले भने, ‘हामीले त्यसरी चार महिनाको अभ्यास गर्‍यौं।’

अंगुरले खेलका दौरान खेलाडीले गरेको मिहनेत देखेका छन्। त्यसैले उनी उपाधिको श्रेय खेलाडीलाई नै दिन्छन्। भन्छन्, ‘म यो उपाधिको श्रेय सबै खेलाडीलाई बराबरी दिन्छु। उनीहरुले बराबरी खेलेका छन्। एक जनाले मात्र खेलेर जित्‍ने होइन्। लिगमा मिडफिल्डर पारस कार्की सर्वोत्कृष्ट खेलाडी बने। उनले नगद ५० हजार पनि जिते। उनीबारे प्रशिक्षक अंगुर भन्छन्, ‘पारसले अरुलाई डिस्टर्ब गरेर पनि गोल निकालिरहेका हुन्छन्। उनी मेन टू मेन कभर गरेर खेलिरहेका हुन्छन्।’

पारसले यो प्रतियोगितामा राम्रो प्रदर्शन गर्दै सम्मानित भएपछि यसले थप मिहेनेत गर्न हौसला मिलेको बताएका छन्। झापा क्लब विसं २०७१ सालमा दर्ता भयो। त्योअघि अंगुर झापाबाटै फुटबल प्रतियोगिता खेल्थे। त्यसपछि उनी विदेशीए। ’बाहिर बसेर आएपछि चार वर्ष भयो फेरि म फुटबलसँग जोडिएको,’ उनी आफ्नो पछिल्लो फुटबल यात्रा सम्झन्छन्। त्यसबीचमा उनले सी लाइसेन्स पनि पास गरे।

लाइसेन्स पाएपछि उनले समाजसेवी नामक टिमलाई सी छनोट खेल्न लिएर आएका थिए। त्यो टिमले आरसी ३२ सँग फाइनलमा हार्‍यो। यससँगै समाजसेवी क्लब बाहिरियो। त्यसलाई पनि गन्‍ने हो भने यो चाहिँ उनको प्रशिक्षणको दोस्रो वर्ष हो। त्यसमा उनी सफल रहे। क्लबलाई उपाधि दिलाए। ‘यो वर्ष चाहिँ मैले केही गरेर देखाउन सकेँ भनौँ,’ प्रशिक्षक अंगुरले भने, ‘धेरै नै गाह्रो भयो। सी छनोटमा आउँदा व्यवस्थापन कमजोर हुँदा फाइनल जितेनौँ। तर झापाको व्यवस्थापन राम्रो थियो।’

यो उपाधिसँगै झापाले १० लाख नगद पुरस्कार हात पारेको छ। त्यस्तै, उपविजेता प्लानिङ ब्वाइजले ७ लाख र तेस्रो हुने आरसी ३२ फुटबल एकेडेमीले ४ लाख रुपैयाँ हात पारेको छ।

झापाका पारस कार्कीले प्लेयर अफ दी टुर्नामेन्ट जित्दै ५० हजार रुपैयाँ हात पारे। त्यस्तै, महावीर क्लबले फेयर प्ले अवार्डसँगै ५० हजार रुपैयाँ हात पारेको छ।

१४–१४ गोल गर्दै प्लानिङ ब्वाइजका फागुराम थारु र सानेपा क्लबका खेमराज तामाङले गोल्डेन बुट बाँडे। उनीहरुले रु ३५ हजारको पुरस्कार रकम समेत बाँडेका छन्।  प्लानिङ ब्वाइजका लोकेश चौधरीले किपर अफ दि टुर्नामेन्ट बनेर नगद ३५ हजार जिते।


प्रकाशित: Jun 03, 2022| 20:56 शुक्रबार, जेठ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।