बिहीबार, असार २६, २०८२

म्याग्दीमा निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो।
 |  बिहीबार, जेठ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १९, २०७९

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन्।

म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो। म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो।

शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो।  शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताए।

म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन्।

प्रकाशित: Jun 02, 2022| 08:24 बिहीबार, जेठ १९, २०७९
प्रतिक्रिया दिनुहोस्