काठमाडौं- सरकारले मिर्गौलाको उपचार गराइरहेका तथा डायलासिस गराइरहेका बिरामीलाई मासिक ५ हजार उपचार खर्च उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यसका साथै किसिमका क्यान्सर निदान भएका र मेरुदण्ड पक्षघात भएका बिरामीलाई पनि यस्तो सुविधा प्रदान गरिने बजेटमा उल्लेख छ। उक्त कार्यक्रमका लागि लागि १ अर्ब ५० करोड विनियोजन भएको उनले बताए।
यसका साथै सरकारले स्यानिटरी प्याडमा लाग्ने ९० प्रतिशत भन्सार महसुल समेत छुट दिएको छ।