बिहीबार, असार २६, २०८२

विपन्न परिवारका सुत्केरीलाई ५ हजार सुविधा

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन्।
 |  आइतबार, जेठ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १५, २०७९

काठमाडौं- सरकारले मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई ५ हजार रकम उपलब्ध गराउने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ मृत्युदर घटाउन गर्भवतीलाई पोषण कार्यक्रम स्वास्थ्य जाँच र सुरक्षित सुत्केरी सुविधा उपलब्ध गराउने घोषणा गरेका हुन्।

५ वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउनका लागि सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम र खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने समेत सरकारको योजना छ। मातृशिशु मृत्युदर घटाउनका लागि आमा सुरक्षा कार्यक्रमका लागि बजेट थप गरिएको शर्माले बताए।

प्रकाशित: May 29, 2022| 17:40 आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्