बिहीबार, असार २६, २०८२

२४ घण्टामा १२ जनामा कोरोना संक्रमण

यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो चौविस घण्टामा ६६ हजार १८१ ले कोभिड-१९ विरुद्धको खोप लगाएका छन्।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा तीन हजार ३८७ को नमूना परीक्षण गर्दा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। दुई हजार २३८ जनाले पीसीआर र एक हजार १४९ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।  

सो अवधिमा १३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ। सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो चौविस घण्टामा ६६ हजार १८१ ले  कोभिड-१९ विरुद्धको खोप लगाएका छन्। 

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा १२४ जना सङ्क्रमित रहेका छन्। 

हाल देशभरमा २०० भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्सा, सप्तरी, रौतहट, बारा, दोलखा,  सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३६, ललितपुर एक र भक्तपुरमा दुई सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल सङ्क्रमण दर १७ दशमलव दुई प्रतिशत छ। 

प्रकाशित: May 27, 2022| 21:30 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्