काठमाडौं- सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा यस्तो उल्लेख छ।
सुदूरपश्चिम विश्वविद्यालयसँग समन्वय गरी मेडिकल कलेज सञ्चालन गरिनेसमेत नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै सरकारले सबै प्रदेशमा कम्तीमा दुई वटा मेडिकल कलेज वा प्रतिष्ठान सञ्चालनमा ल्याइने नीति छ।
डडेल्धुरा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला हो।