शुक्रबार, असार २७, २०८२

२४ घण्टामा ६ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ।
 |  आइतबार, जेठ ८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ८, २०७९

काठमाडौं- पछिल्लो समय कोरोना भाइरसको संक्रमण दर उल्लेख्यरूपमा घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा दुई हजार २२६ जनामा परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४१ जना छन्। विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९७५ पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शून्य संक्रमित रहेका जिल्ला ३१ पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.२ प्रतिशत छ। नेपालमा प्रति दश लाखमा ३९३.४ को निधन भएको छ। आज १७ हजार ३०२ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।

हालसम्म होम आइसोलेशनमा १४०, संस्थागत आइसोलेशनमा एक र सघन उपचार कक्ष (आइसियु)मा एक जनाको उपचार भइरहेको छ।

प्रकाशित: May 22, 2022| 17:39 आइतबार, जेठ ८, २०७९
प्रतिक्रिया दिनुहोस्