शुक्रबार, असार २७, २०८२

कान्ति बाल अस्पतालमा ओपीडी सेवा आइतबार पनि खुल्ने

कान्ति बाल अस्पतालको ओपीडी सेवा आइतबार पनि सञ्चालन हुने भएको छ।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं- कान्ति बाल अस्पतालको ओपीडी सेवा आइतबार पनि सञ्चालन हुने भएको छ। 

अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरे पनि बिरामीको चापलाई मध्यनजर गर्दै पूर्ववत अवस्थामा आइतबार पनि ओपीडीलगायत सबै सेवा सञ्चालन हुने जनाएको हो।

सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ। त्यसअनुसार सरकारी कार्यालय दुई दिन बिदा हुनेछन्। तर, केही अस्पतालले आइतबार पनि ओपीडी सेवा जारी राख्ने निर्णय गरेका छन्।



प्रकाशित: May 20, 2022| 14:45 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्