शुक्रबार, असार २७, २०८२

कोभिड अपडेट : १३ जनामा संक्रमण, १८५ जना सक्रिय संक्रमित

देशभरका प्रयोगशालामा तीन हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभरका प्रयोगशालामा तीन हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार दुई हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने एक सय ८५ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: May 10, 2022| 16:36 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्