काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप आठ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
तीन हजार दुई जनामा गरिएको परीक्षणमा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल एक सय ९० जना संक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ हजार तीन सय ५९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।