शुक्रबार, असार २७, २०८२

स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना

अध्यादेशमा, स्वास्थ्य संस्थामा तोडफोड गर्ने, नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी (स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी)लाई कुटपिट गरे तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- स्वास्थ्यकर्मीमाथि कुटपिट गरे ३ वर्ष कैद र ३ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था लागू भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले 'स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन,२०७९) अध्यादेश' जारी गरेपछि उक्त व्यवस्था लागू भएको हो। 

अध्यादेशमा, स्वास्थ्य संस्थामा तोडफोड गर्ने, नोक्सानी पुर्‍याउने र स्वास्थ्यकर्मी (स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीसमेत)लाई कुटपिट गरे तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। 

स्वास्थ्य संस्थामा आगजनी गरे २ वर्षदेखि  ५ वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा उल्लेख छ। 

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार  गरे एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।

प्रकाशित: May 08, 2022| 21:18 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्