शुक्रबार, असार २७, २०८२

कोभिड अपडेट- १४ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- कोरोना भाइरसको संक्रमण आज १४ जनामा देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ। 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २०५ जना रहेका छन्। पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ। निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

आज संक्रमणबाट कसैको पनि निधन भएको छैन। शून्य संक्रमित भएको ३० जिल्ला पुगेका छन्। हाल होम आइसोलेशनमा २०२ र संस्थागत आइसोलेशनमा तीनको उपचार हुँदैछ। विगत २४ घण्टामा ६९ हजार ६५६ जनाले खोप लगाएका छन्। 

प्रकाशित: May 07, 2022| 16:30 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्