काठमाडौं- देशभर पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ८२१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ८८४ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १९६ रहेको छ। पछिल्लो समय थप १८ जना सङ्क्रमणमुक्त भएका छन्।
यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७१५ पुगेको छ। यो दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी पछिल्लो समय ३० हजार ६५६ जनाले खोप लगाइसकेका छन्। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २१७ रहेको छ। होम आइसोलेशनमा २१६ र संस्थागत आइसोलेशनमा एक जना रहेका छन्।