शुक्रबार, असार २७, २०८२

चिकित्सक संघले भन्यो- दुई दिने बिदामा परिवारलाई समय दिन पाइने भयो

नेपाल चिकित्सक संघले सरकारले गरेको दुई दिने बिदाको निर्णयको स्वागत गरेको छ। सरकारले जेठ गतेदेखि सातको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
 |  आइतबार, वैशाख १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १८, २०७९

काठमाडौं-नेपाल चिकित्सक संघलेसरकारले गरेको दुई दिने बिदाको निर्णयको स्वागत गरेको छ। सरकारले जेठ गतेदेखि सातको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सरकारको उक्त निर्णयले चिकित्सकहरुले व्यस्तताका बाबजुद परिवारलाई समय दिन समस्या भएको उल्लेख गरेको छ। दुई दिने बिदाले सातै दिन ड्युटी गर्दा परिवारलाई समय दिन नपाएको अब सहज हुने जनाएको छ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आफ्नो काममा व्यस्त रहनु परेको छ। बिरामीलाई सेवा दिन पर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनु परेको थियो। नेपाल सरकारको  निर्णयले स्वास्थ्य क्षेत्रमा लागू हुँदा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्‍न सहयोग पुग्ने विश्‍वास संघले गरेको छ।'



प्रकाशित: May 01, 2022| 17:16 आइतबार, वैशाख १८, २०७९
प्रतिक्रिया दिनुहोस्