काठमाडौं- पछिल्लो समय ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार पाँच हजार ८९१ मा परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ जना रहेको छ।
पछिल्लो समय १७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ। यो ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको मृत्यु भएको छ।
हाल होम आइसोलेशनमा २५१, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा एक लाख २३ हजार ५९० ले खोप लगाएका छन् ।